मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मेगा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीबीच हस्ताक्षर भयो ।

यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री