सनी लियोनलाई लाग्यो यस्तो गम्भीर आरोप

काठमाडाैँ । बलिउड अभिनेत्री सनी लियोनमाथि एउटा गम्भीर आरोप लागेको छ। पछिल्लो समय उनलाई फिल्ममा गीतको निकै अफर आउन थालेका छन्।

यसै क्रममा उनलाई ‘पटेलकी पंजाबी शादी’का लागि अफर आएको थियो । जसका लागि उनले एडभान्सका रूपमा पाँच लाख लिएकी थिइन्। तर सनीले न फिल्मको सुटिङ गरिन् न त एडभान्स नै फिर्ता गरिन्। अहिले उनलाई यस्तै आरोप लागेको छ।

फिल्मका निर्माता भारत पटेलले सनीले आफ्नो फिल्मका लागि स्पेसल डान्स सुट गर्ने सहमतिअनुसार पाँच लाख लिएको र पछि डान्स नगरेको बताएका छन्। साथै, सनीले इडाभान्ससमेत फिर्ता नगरेको उनको आरोप छ। एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री