ज्योति विकास बैंकको दोस्रो त्रैमासको नाफा बृद्धि

काठमाडाैँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा १७.६० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैयाँ सञ्चिती गरेको छ । बैंकले निक्षेपमा २३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ संकलन गरेर २० अर्ब ३३ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद व्याज आम्दानीमा ३६.६५ प्रतिशतले बढेर ४६ करोड ६६ लाख रुपैयाँ र संचालन मुनाफामा २१.९१ प्रतिशतले बढेर २६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

सुचकहरु
प्रतिशेयर आम्दानी वार्षिक १३.१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ५० गुणा, प्रतिशेयर नेटवर्थ १ सय १७.६४ रुपैयाँ र तरलता अनुपात २४.८२ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds