एनआईसी एशिया लघुवित्तकाे प्रतिशेयर आम्दानी २३ रुपैंया माथि

काठमाडौं । एनआइएसी एशिया बैंकले उत्साहप्रद वित्तीय विवरण गरेको एनआईशी एसिया बैंकको सहायक कम्पनी एनआईशी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आश्चर्यजनक प्रगति हासिल गरेको छ । उक्त अवधिमा लघुवित्तले कुल ५ करोड ७७ लाख भन्दा बढी मुनाफा कमाएको छ । यो आकार अघिल्लो त्रैमासको तुलनामा १९१ प्रतिशतले बढी हो । असोज मसान्तमा लघुवित्तको नाफा १ करोड ९७ लाख थियो भने अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त २३ हजार रुपैंयाले घाटा थियो ।

लघुवित्तले कमाएको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी २३ रुपैंया ५५ पैसा रहेको छ । उक्त अवधिमा लघुवित्तले ३ अर्ब १३ करोड रुपैंया कर्जा प्रवाह गर्दा बचतकर्ताबाट २७ करोड ९३ लाख संकलन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस