काठमाण्डौको टोखामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाण्डौ । टोखामा कार र मोटरसाइकल ठोक्किँदा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बसुन्धारा बस्ने प्रकाश बस्यालको धापासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री