काठमाडौं। मिलन चौतारी परिवारले आज बिहानै विभिन्न तह र तप्काका मानिसहरु लाई बोलाएर असार पन्ध्रको महत्वमाथि उजागर गरेको छ। कार्यक्रममा वरिष्ठ साहित्यकार शिक्षाबिद् डा.रामप्रसाद दाहालले आजको दिनले श्रम प्रतिको सम्मान, मानो रोपेर मुरी फलाउने प्रकृति पूजन , एकता सहयोग र गाउँघरमा पर्मा गएर खेती गरिने धान रोपनी गर्ने कुराको चर्चा गरे । काम सकेर थाकेको शरीरमा शक्ति प्रदान गर्न दही चिउरा केरा खाने र एकताको भावलाइ जोगाउन यो पर्व हाम्रो सस्कृतिमा महत्त्वपूर्ण रहेको बताए।

यस्तै साहित्यकार सविन पोख्रेलले मलाई त अहिले त्यो अतितको याद भएको छ धान खेत भए गएर छुपुछुपु धान रोपने र आलि काटेर बाउसे गर्दै हुन्थे भन्ने धारणा राखे तर अहिले यो सम्झना स्वरुप दही चिउरा खाएर भए पनि मनाएको खुसी व्यक्त गरे। कार्यक्रममा प्रा मुकुन्दराज दाहालले साँस्कृतिक पाटोको चर्चा गर्दै असार पन्ध्र र साउन पन्ध्र दही चिउरा र खीर खाएर मनाउने प्रचलन रहि आएको छ भन्ने 
धारणा राखे । वरिष्ठ सन्चारकर्मीहरु सुचित्रा श्रेष्ठ , कल्पना शर्मा, रमा न्योपानेले पनि असार पन्ध्रको महिमा माथी प्रकाश पार्दै अतितको स्मरण गराएका थिए । वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्टको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्यता डा. रामप्रसाद दाहालले गरेका थिए भने चर्चित पप गायिका रीतु कँडेलले आफ्नो सुमधुर स्वरमा असारे भाका हालेर गीतहरु प्रस्तुत गरेकी थिइन्। सोही कार्यक्रमको उद्घोषण गङ्गा केसीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन प्रकृति दाहालले गरिन । सम्पूर्ण ब्यबस्थापन र शुभकामना मन्तव्य सामाजिक अभियान्ता शुनिता केसी र कल्पना कटुवालले गरेका थिए । कार्यक्रम बानेश्वरको मोडर्न कन्या कलेजमा भएको थियो ।कार्यक्रम पछि दही चिउरा र आपको भोजन गरिएको थियोे ।



