अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री