माछापुच्छ्रे बैंकले दार्चुलाका दुई स्थानमा खोल्यो शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलामा शाखा बिस्तार गरेको छ । बैंकले दार्चुलाको अपि हिमाल र ब्याँसमा दुई शाखा खोलेको हो ।

अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र व्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ । यी स्थानीय तहमा कुनै पनि बैंक पुगेका थिएनन् ।

नयाँ शाखाबाट सम्पूर्ण सेवा उपलब्ध हुने छ । बैंकका अब शाखा संख्या ९० पुगेको छ। बैंकका १११ वटा एटिएम छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री