किसान माइक्रोफाइनान्सको ४ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जारी गरेको हकप्रदमा बिक्री नभएका ४ हजार कित्ता भन्दा बढी शेयर लिलामीमा आउने भएको छ । माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म खुल्ला गरेको हकप्रद शेयरमा ४ हजार ९७ कित्ता साधारण र १८३ कित्ता संस्थापक शेयरका लागि आवेदन परेको थिएन ।

उक्त शेयर आवेदन माघ ६ गतेदेखि माघ १३ गतेसम्म खुल्ने जनाइएको छ । उक्त शेयर आवेदन सिभिल बैंकको सुन्धारास्थित केन्द्रीय कार्यालय, सिभिल बैंकका उपत्यका बाहिरका मुख्य शहरका शाखाहरु र किसान माइक्रोफाइनान्सका सबै शाखाहरुबाट गर्न सकिने बताइएको छ । उक्त शेयरका लागि न्यूनतम १०० कित्ता र १० ले भाग जाने अंकमा शेयर आवेदन गर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस