३ करोड ५३ लाख रुपैयाँ पुग्यो सागर डिष्टिलरीको घाटा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सागर डिष्टिलरी लिमिटेडले ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा बढेको हो ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको आम्दानी भने उल्लेख्य रूपमा बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको ६ करोड १ लाख रुपैयाँको तुलनामा ४०.८८ प्रतिशत बढी हो ।

तर, आम्दानी बढे पनि बिक्री तथा वितरण खर्च उच्च दरले बढ्दा कम्पनीको घाटा थप चुलिएको हो । समीक्षा अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले वृद्धि भएर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । वित्तीय सूचकअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०८ पैसा तथा करेन्ट रेसियो १.७१ गुणा रहेको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री