एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागी इन्सुरेन्स सेवा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

एभरेष्ट बैंकले आफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्र्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से …

प्रतिकृया दिनुहॊस