फ्राइडे रिलिज : चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा

काठमाडाैँ । यस साताको फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘चौका दाउ’  प्रदर्शनमा आएको छ । चलचित्रको गीत तथा ट्रेलरलाई दर्शकले रुचाएका छन् । दर्शकको सकारात्मक टिप्पणीका कारण पनि चलचित्र निर्माण पक्ष उत्साहित देखिएको छ ।

चलचित्र ‘चौका दाउ’  हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा उमेर ढल्किएका ४ बुढाहरु एक तरुनीको मोह जालमा फस्दा आइपरेका समस्याहरुलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ ।

मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्र ‘चौका दाउ’ को परिकल्पनाकार वरिष्ठ संगीतकार शम्भुजित बासकोटा हुन् । उनी साढे चार दशकदेखि चलचित्र एवम् संगीत क्षेत्रमै सकृय छन् । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायांकन दीर्घ गुरुङले गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कोमल राजभण्डारी र सुमन गुरुङको नृत्य निर्देशन रहेको छ भने निर्माण संयोजक नरेन्द्र खड्का हुन् । चलिचित्रको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

चलचित्र ‘चौका दाउ’मा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा,  वर्षा राउत, अजश्र ढुँगाना, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after