नेपाल इटाली उद्योग वाणिज्य संघ द्धारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन

काठमाडाैं । नेपाल इटाली उद्योग वाणिज्य संघ (NICCI) ले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

सांसद  तामाङ, NICCI की एक सम्मानित सदस्य हुन्, जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उनी निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उनको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो । यस अवसरमा, NICCI ले  तामाङलाई बधाई व्यक्त गर्दै उनले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्याउनेछन् भन्ने विश्वास व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री