काठमाडौं । अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज मनाइँदै छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आएको छ । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो ।
तपाईंको प्रतिकृया




