फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि. तथा प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारी

 काठमाडाैं । चैत २५ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेकसाइड पोखरास्थित फिसटेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रा.लि.का तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले समझदारीपत्रमा हस्ताक्षर गरी एक–अर्कालाई उक्त सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

लेकसाइड पोखरास्थित फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि.ले प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्नेछन् । सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले लजका सेवा तथा सुविधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्नुपर्नेछ। उक्त लजमार्फत उपलब्ध आवासमा विशेष संस्थागत छुट तथा खाना एवं पेय पदार्थमा १०%–१५% सम्म छुट प्राप्त गर्न सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप