काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरियो ।
उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन् ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
प्रतिकृया दिनुहॊस