अस्वाभाविक महत्वकांक्षा,आवेग र आग्रहबाट मुक्त हाेउँ: पूर्णबहादुर खड्का

काठमाडाैं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने आवश्कता रहेकाे बताएका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको पनि उनले भनेका छन्।

कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जितेको छ। विशेष महाधिवेशन भएको ५० दिनमा चुनाव भएको थियो। ‘प्रतिनिधिसभाकाे निर्वाचनकाे परिणामले विशेष गरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीहरूलाई गम्भीर सन्देश प्राप्त भएकाे छ, हाम्रा भगवानरूपी पदमआदरणीय मतदाताहरूकाे निर्णयबाट,’ सामाजिक सञ्जाल एक्समा खड्काले उल्लेख गरेका छन्।

विशेष महाधिवेशनमा गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसविरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता खड्का सर्वोच्च अदालत पनि गएका थिए। खड्काले अब आवेग, उत्तेजना र बदलाकाे भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवारी बाेधकासाथ अघि बढ्नुपर्ने पनि बताए । ‘हामी सबैले म म भन्दै विगतकाे निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक-बृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैकाे नैतिक कर्तब्य र जिम्मेवारी छ,’ खड्काले भनेका छन्, ‘हाम्रा अगाडि खडा भएकाे हिमालयन चुनाैतिकाे सामाना गर्ने यहिनै उपयुक्त बाटाे हाे त्यस्ताे लाग्छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री