काठमाडौँ । सोमबार रातिदेखि फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि मौन अवधि सुरु भएको छ । यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आयोगले थप निर्देशन दिएको छ । आजदेखि आयोगले मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।
तपाईंको प्रतिकृया




