काठमाडाैं । सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै आफ्ना वाशिङ मेसिन र रेफ्रिजरेटरहरूमा विशेष छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुनेछ।
अफरअन्तर्गत विभिन्न मोडेलका वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक, सरल फाइनान्स सुविधा तथा एक्सचेन्ज अफर उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड तथा सेमी–अटोमेटिक टप–लोड वाशिङ मेसिनमा अधिकतम २३% सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाई–साइड रेफ्रिजरेटरहरूमा १७% सम्म क्यासब्याक उपलब्ध छ।
सामसङका वाशिङ मेसिनहरूमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध छ भने रेफ्रिजरेटरहरूमा ३००V सम्मको भोल्टेज सुरक्षा प्रदान गरिएको छ, जसले उत्पादनको दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि उपलब्ध हुनेछ।
वाशिङ मेसिन अफर
| श्रेणी | क्षमता | क्यासब्याक (सम्म) |
|---|---|---|
| सेमी-अटोमेटिक टप लोड | 7 केजी | 12% |
| फुल्ली अटोमेटिक टप लोड | 8 केजी | 12% |
| AI Ecobubble™ फ्रन्ट लोड | 9–12 केजी | 20% |
| AI Ecobubble™ वाशर ड्रायर | 9–11 केजी | 23% |
रेफ्रिजरेटर अफर
| श्रेणी | क्षमता | क्यासब्याक (सम्म) |
|---|---|---|
| SBS | 700 लिटर | 11% |
| 5-in-1 | 350–419 लिटर | 16% |
| डबल डोर | 253–275 लिटर | 17% |
| सिंगल डोर | 192–230 लिटर | 15% |
यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI विकल्पमा आफ्ना मनपर्ने सामसङ होम अप्लायन्स खरिद गर्न सक्नेछन्। यसका लागि केवल नागरिकता आवश्यक हुनेछ र प्रक्रिया झन्झटरहित रहेको छ।
नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्।




