२१ जेष्ठ २०८३, बिहीबार

१४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ सय ५६ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री