मुक्तिनाथ विकास बैंक र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक  र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बि.बि होलिडेज ट्राभल एण्ड टुरको तर्फबाट प्रमुख के.एन लामिछानेले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बि.बि होलिडेज ट्राभल एण्ड टुर नक्सालवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ्ग प्याकेजको सेवा लिए वापत तोकिएको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।  मुक्तिनाथविकास बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस