२१ जेष्ठ २०८३, बिहीबार

नयाँ रेकर्ड सुनको मूल्यमाः तोलाकाे तीन लाख १९ हजार

काठमाडौँ । बुधवार नेपाली बजारमा  सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री