निर्वाचन रोक्न सर्वोच्चमा रिट

काठमाडौं  । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि हुन लागेको प्रत्यक्षतर्फको मनोनयनपत्रको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकले उल्लेख गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री