२१ जेष्ठ २०८३, बिहीबार

नेपाली बजारमा सुन: तोलामा २८ सयले बढ्यो मूल्य

काठमाडौं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री