तिल प्रसाद न्यौपाने “ढाकाटोपी”
सन्दर्भः हो पृथ्वी जन्म जयन्ती एकता दिवसको
आजभन्दा ३ सय ४ बर्ष अघि अर्थात १७७९ पुस २७ गते दिन नेपालको गोरखा राज्यमा तत्कालिन राजा नरभुपाल शाहका जेठो सुपुत्रको रुपमा जन्मिएका हुन् पृथ्वी नारायण शाह । जुन समयमा आधुनिक नेपालको सिमाना एकीकरण र सुदृढीकरण गर्न इच्छा राख्ने गोरखाको सानो राज्यबाट फराकिलो देश बनाउने चाहना राख्ने एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको विभिन्न पहिचान रहेको पाइन्छ । उनी गोरखाका एक राजाको रुपमा मात्र नभइ आधुनिक नेपाल अर्थात पुर्व मेचिदेखी पश्चिम महाकालीसम्म हालको नेपाली भूभाग एकीकरणका एक प्रमुख पात्र हुन् ।
टुक्रा टाक्री बाइसे—चौविसे राज्यका नाममा छरिएर रहेका टुक्रा टाक्री भुगोललाई एकीकृत गरेर सिङ्गो नेपाल बनाउने अभियानमा सफल हुनु भएका पृथ्वी नारायण शाहबारे अनेक वुद्घीजीविहरुले अनेक कोणबाट अनेक टिका टिप्पणी र विष्लेषण गरिए पनि इतिहाँसका पाना पल्टाएर सत्यतथ्य बुझेर अध्यायन गरेर भन्ने होभने नेपाल निर्माणमा शाहसीरुपमा भूमिका खेल्ने उनी एक महापुरुष पात्र हुन् यसमा दुइमत छैन पनि । भुरे—टाकुरे स—साना आकारमा छरिएर राज गरिरहेका राज्यहरुलाई एकीकरणको माध्यामबाट एक सुत्रमा बाँधी उपनिवेसता नहुने गरी बलियो राष्ट्र खडा गर्ने अभियान्ताकारुपमा पृथ्वी नारायण शाहको पहिचान रहेको छ ।
राष्ट्र एकीकरणको क्रममा सेना, जनता, भाइ भारदार, गुरु पुरोहित लगायतहरुको सरसल्लाह लिदै आफ्नै साहसी अठोट निर्णयमा होसियारी पुर्वक क्रमशः १—१ खुड्किला पार गर्दै जानु उनको यो विरता, अदम्भ्यका साहशिला, एकीकरणमा राष्ट्र प्रतिको सर्वोपरी जिम्मेवार एक परिचयात्मक पनि हो । पछिल्लो समय नेपालमा राजनीतिक दल र च्याउ सरी नयाँ उम्रिएर निर्वाचन आयोगमा दर्ता गराएका नयाँ दलका केही नेताहरुबाट समाजवाद र राष्ट्रवादका कुरा निकै उठ्ने गरेको देखिन्छ । तर आफुले देश र जनता प्रति के दिएको छ र ? म कुन् पृष्ठभूमिबाट आएको छु ? जीवनमा मैलेपनि काला कर्तुर काम गरेको छ की छैन त ? भन्ने ख्यालै नगरी दोषजति अरुको थाप्लोमा थुपारेर समाजमा राष्ट्रप्रेम र राष्ट्र वादका कुरागर्नु आफैँमा लज्जाको विषय हो ।
राष्ट्रप्रेम, राष्ट्रवाद र राष्ट्र भक्तिका कुरा गरिरहँदा मेरो मात्र होइन सर्वप्रथम त हामी हरेक नेपालीहरुको मनमस्तिष्कमा राष्ट्रनिर्माता पृथ्वीनारायणशाहतर्फ जस जान्छ नै । केही विद्वान वर्गले भने जस्तै उनले अघि सारेका एकीकरण अभियान क्रममा निरङ्कुशता, केही कमजोरी भए केही ज्यादति भए होलान् तर वास्तवमा भन्ने होभने विसं २०८२ पौष महिनाको अहिलेको २१ औं शताब्दीको नयाँ युगमा आइपुगेको बेला जस्तो होइन २५० वर्षअघिको नेपालको अविकसित एवं सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मुल्ल्यांकन गर्दै निष्कर्ष निकाल्नु आफैंमा अस्वभाविक, अनुत्तरित प्रश्न छभने उनका विरता र संघर्षका कारण सिङ्गो देश नेपालको जन्म भएको मान्न सकिन्छ । उनको यो संघर्ष योगदानको परिणामस्वरुप आज हामी नेपाली संयुक्त राष्ट्रसंघको सदस्यकोरुपमा रहँदै भुगोल र संरचनामा विसं २०६५ सालदेखी ७ प्रदेश सहितको संघीय गणतन्त्राक्मक स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौं । बाबुको निधनपछि पृथ्वीनारायण शाह २० वर्षकै उमेरमा राजगद्दीमा बसे ।
आलकाँचो उमेर भएपनि सुख सयल तिर लाग्नु भएन । वस्तुगत परिस्थितिमा राज्य प्रति मेरो जिम्मेवारी के हो ? भन्ने सोच चिन्तन वढाउदै जुन समय धेरै देशहरुका राजा महाराजा, मन्त्री प्रधान मन्त्रीहरुले कस्ले ठुलो कस्ले फराकिला राज्य बनाउने भन्ने होडवाजी चलिरहेको साम्राज्यवाद र विस्तारवाद फैलिइ रहेको अवस्थामा लडाइ गरेर भारतमा शासन गरिरहेका अग्रेजहरुको हातमा देश पह्रोभने के गर्ने भन्ने प्रश्न उठिरहेको थियो ।
जुनबेला तर्फबाट भारतिय र पश्चिमीतर्फबाट अग्रेजहरु नेपालमा पस्ने जमर्को गरेभने हाम्रा आखै अगाडी छरिएर रहेका बाइसे—चौविसे ससाना राज्यलाई सजिलै निल्न सक्छन् भन्ने कुरा राम्रोसँग बुझेका थिए पृथ्वीनारायण शाहले । समय परिस्थिति अनुसार परम्परागत धर्म सांस्कृति, एवं यहाँका मुल्य—मान्यता बचाउन र विदेशी शक्तिको प्रभावबाट रोक्न आधुनिक नेपालको पुर्न एकीकरण अभियान सुरु गरिएको हो भन्ने ठहर्छ । लेखिएका इतिहाँसको पानाले बताए अनुसार गोरखा राज्यको राज्यरोहण गर्दाको समय एक निर्धन र एकदमै कम शक्तिशाली राज्य थियो । १२० धुरी रहेको गोरखाको सानो राज्यबाट खर्च नभएका कारण प्रत्येक धुरीबाट एक एक रुपैया संकलन गरी एकीकरणको आफ्नो अभियानलाई सशक्तरुपमा एकतावद्घ भएर युद्घ अघि बढाए ।
गोरखा, धादिङ् हुदै दोस्रो पटक नुवाकोट विजय हासिल गरेपछी नुवाकोटलाई राजधानी बनाउन सफल भएका हुन् । नुवाकोट जितेको हौसला बढ्दै जाँदा त्यसपछि लगतै चन्द्रागिरी डाँडामा उभिएर जुँगाँको ताउ लगाउदै चार भञ्ज्यांङ् काठमाडौं उपत्यकालाई हात पारी छाड्ने उद्घोष गरे । अनि १८२५ मा काठमाडौं, भक्तपुर, ललितपुर, किर्तीपुर विजयपछि काठमाडौंलाई राजधानी केन्द्र घोषणा गर्दै चितवन लगायत अन्य राज्य समेत एकतावद्व बनाउदै नेपाल देशको जग बसाल्न सफल भएका हुन् ।
काठमाडौं उपत्यकालाई राजधानी घोषणा पश्चात विभिन्न देशहरुबाट काठमाडौं राजधानी छिरेर धर्मको नाममा प्रभाव जमाइ रहेका मुलतः क्रिश्चियन पादरीहरुलाई देश निकाला गर्ने योजना बनाए । जासुसीकोरुपमा नेपालमा अड्डा जमाइ रहेका इस्टइन्डिय कम्पनीको जासुसी पादरीहरुले नेपालको हिन्दु धर्म र सांस्कृतिलाई विखण्डन गर्ने र धर्मको नाममा व्यापक धर्मानान्तर गराइ क्रिश्चियन धर्मको देश बनाइ छाड्ने पादरीहरुको त्यो षड्यान्त्रलाई चकनाचुर पार्दै हुर्मत लिएर सयौं पादरीहरुलाई देश निकाला गरेका थिए ।
नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकतालाई संरक्षण गर्दै नेपाली पनमा रहेर बाच्न वचाउन अर्ति र विदेशी नीतिमा पनि उत्तिकै सान्दर्भिक दिव्याे उपदेश दिएर ५२ वर्षकै उमेरमा निधन भएका राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०४ औं जन्म जयान्ती एकता दिवसलाई सम्मानका साथ मनाउनु हामी सबै नेपालीहरुको कर्तव्य एवं दायित्व पनि हो ।




