सन नेपाल लाइफ इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा  शुक्रबार अमृतभोग क्याटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष अनुज स्यालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू) सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाले लेखापरीक्षकको नियुक्ति गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी  पाँच अर्ब तीन करोड बाह्र लाख बत्तीस हजार  को
५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) गरी कूल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

उक्त साधारण सभामा सञ्चालक किरण के.सी.बाट धन्यवाद ज्ञापन गरिएको थियो। सभा कम्पनी सचिव विनोद शर्मा पौडेलले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री