स्मार्ट च्वाइस टेक्नोलोजिज ले सुरु गर्‍यो MyCard सेवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले MyCard नामक व्यक्तिगत कार्ड सेवा सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ।

यस सेवाअन्तर्गत SCT नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छाअनुसारको फोटो समावेश गरी SCT–UnionPay डेबिट कार्ड लिन सक्नेछन्। यसले ग्राहकहरूलाई अझ व्यक्तिगत र विशिष्ट कार्ड प्रयोगको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। हाल यो सेवा SCT–UnionPay स्किम अन्तर्गत ICFC फाइनान्स लिमिटेडबाट सुरुवात गरिएको हो। बैंक तथा वित्तीय संस्थाहरूको रुचिअनुसार भविष्यमा यस सेवालाई VISA तथा NepalPay स्किममा समेत विस्तार गर्न सकिने गरी विकास गरिएको छ। साथै, SCT नेटवर्क बाहिरका बैंक तथा वित्तीय संस्थाहरूले समेत MyCard प्लेटफर्म प्रयोग गरी आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न सक्नेछन्।

हाल SCT ले २३ वटा बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थामार्फत SCT–UnionPay कार्ड जारी गर्दै आइरहेको छ। SCT ले आफ्नै कार्ड स्विचिङ संरचना Smart Switch मार्फत SCT–UnionPay र VISA कार्ड जारी गर्नुका साथै VISA, RuPay, MasterCard तथा Discover कार्ड स्वीकार गर्दै कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। कार्ड सेवाका अतिरिक्त SCT ले बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT अन्तरबैंक भुक्तानी सेवा, Smart Banking मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल भुक्तानी सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री