२१ जेष्ठ २०८३, बिहीबार

५ पुग्याे शंखरापुर बस दुर्घटनामा मृतक हुनेकाे संख्या

काठमाडौं । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जानकारी सार्वजनिक भएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईले दिएकाे जानकारी अनुसार, दुर्घटनामा परेर हिजो चार जनाको मृत्यु भएको थियो ।  उपचारका क्रममाआज थप एक जनाको मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको छ ।

महानगर यातायातद्वारा सञ्चालन गरिएको यात्रुबाहक बस (बा ४ ख ८७८८) जहरसिंहपौवामा सडकबाट खसेर दुर्घटना भएको हो।  नेचर हाउस र हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरूका लागि आयोजित पिकनिकबाट फर्किँदै गरेको बस ङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा  दुर्घटनामा परेकाे थियो। बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

मृतकहरूको पहिचान गर्दा, काठमाडौंको जोरपाटीका ६० वर्षीया अर्जुन लामिछाने, सिरहाकी ५५ वर्षीया शान्ति गुप्ता, कोहलपुरकी ४९ वर्षीया कामना शर्मा,  ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु र पाँचथरका ६५ वर्षीया देवन्द्र लिम्बु पुष्टि भएका छन् । दुर्घटनामा घाइते भने २८ जना  भएका छन्। घाइतेमध्ये २३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री