२१ जेष्ठ २०८३, बिहीबार

समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो

काठमाडौं ।निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुगेकाे छ । जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो ।

यसैगरी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले समेत समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।आयोगका अनुसार हिजो र आज दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको संरचना जाँच गरिने आयोगले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री