जनकपुर । मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया प्रारम्भ भएको छ ।आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने उपसभामुख राउतले जानकारी दिएकी छन् ।
राउतले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् । गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको छ । पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको छ ।
तपाईंको प्रतिकृया




