काठमाडाैँ । बुधबार आगलागी भएकाे नुवाकाेटस्थित २४ मेगावाटकाे त्रिशूली जलविद्युत केन्द्र बिहीबार साँझबाट सुचारु गरिने भएकाे छ । अागलागीबाट क्षति पुगेका उपकरण मर्मत गरेर विद्युत उत्पादन सुचारु गर्न लागिएकाे हाे । बुधबार साँझ विद्युतगृहमा जडान भएको ब्रेकरबाट आगो निस्किएर सबैतिर फैलिँदा आगलागी भएकाे थियाे । ब्रेकरसहित विद्युतगृहका अन्य उपकरणमा पनि आगोले क्षति पुर्याएको छ । आगलागी सुरु भएको करिब २ घन्टापछि नियन्त्रणमा लिइएकाे थियाे ।
१४ मेगावाटको देवीघाटको पनि उत्पादन प्रभावित भएको छ । त्रिशूलीको विद्युतगृहमा आगो लाग्दा टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी सञ्चालन हुने देवीघाटको उत्पादनसमेत बन्द हुन पुगेकाे हाे ।
२ जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा ३४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । आगलागीबाट पूर्णरूपमा क्षति पुगेको ब्रेकर परिवर्तन गरी अन्य उपकरणको मर्मत गरेर आज साँझसम्ममा उत्पादन सुचारु गर्ने तयारी भइरहेको जलविद्युत केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहॊस