रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ४-५ डिसेम्बरमा भारत भ्रमण गर्दैछन् । भ्रमणमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदि संग भारतको राजधानी दिल्लीमा भेटघाट गर्नेछन् र दुई देशले आयोजना गर्ने २३औँ वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । रुस र भारत विचको व्यापार, भुराजनिती र कुटनैतिक मामिलाका कारण यो बैठक अत्यन्त महत्त्वपूर्ण छ ।
यस सम्मेलनमा रुस र भारतविच महत्वपूर्ण सम्झौताहरु हुने आंकलन गरिएको छ । भारत र रुसको संबन्ध दशकौंदेखि घनिष्ठ छ । व्यापार, सुरक्षा, रक्षा, उर्जा र विज्ञान प्रविधिको क्षेत्रमा यी दुई राष्ट्रले एकअर्कालाई सहयोग गर्दै आएका छन् । रुसले भारतसँगको सम्बन्धलाई “विशेष र विशेषाधिकायुक्त रणनीतिक साझेदारी” भन्ने गर्छ । भारत गुटनिरपेक्ष भएपनि रुसलाई धेरै समर्थन गरेको छ । त्यस्तै सन् १९७१को बंगलादेश स्वतन्त्रता युद्धमा रुसले खुलेर भरतको पक्ष लिएको थियो ।
यस समय यो सम्मेलनमाथी सबैको ध्यानाकर्षण भएकाे छ । केही महिना अघि अमेरिकाले भारतलाई रुसबाट तेल आयात रोक्न दवाव दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कच्चा तेल उपभोक्ता हो । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले भारतले रुसबाट कच्चा तेल किनेर अप्रत्यक्ष रुपमा रुस-युक्रेन युद्धमा आर्थिक स्रोत प्रदान गरेको आरोप लगाएको थियो । त्यसैले अमेरिकाले भारतका वस्तुहरुमा कर बढाएर दबाब दिने निति अपनाएको थियो । भारतले त्यसको स्पस्टिकरण दिदै तेल आयात मूल्य, गुणस्तर, उर्जा, सुरक्षा र आर्थिक परिप्रेक्ष लाई मध्यनजर गर्दै गरेको र केवल भु-राजनीति यसको कारण नरहेको बताएको थियो ।
पुटिन यस समय रुस-युक्रेन युद्धको शान्ति पहलको बिचमा यो भ्रमण गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई भने बारम्बार कमजोर कुटनीति राखेको आरोप लगाइएको छ । केही समय अघि प्रतिपक्षी भारतिय राष्ट्रिय कांग्रेस पार्टीले भारतिय जनता पार्टीले गरेको भोट चोरीको प्रकरणलाई उजागर गरेको थियो जसले नरेन्द्र मोदिको नेतृत्वको विश्वासनियतालाई थप कमजोर बनाएको छ । यस्ता विभिन्न कारणले यो भ्रमण र भेटघाट अत्यन्त महत्त्वपूर्ण रहेको छ ।
दुई दिने भारतीय भ्रमणमा जाँदै पुटिन
तपाईंको प्रतिकृया




