लिभरपुलको अपराजित यात्रामा सिटीकाे पुर्णविराम

एजेन्सी । ईङलस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पुर्णविराम लगाई दिएको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ ।

ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरो र लिरोय सानेले गोल गरे ।

लिभरपुलका राबर्टो फिर्मिन्होले एक गोल फर्काए ।

४० औ मिनेटमा अग्युरोको गोलमार्फत सिटीले अग्रता बनाएको थियो । फिर्मिन्होले ६४ औ मिनेटमा खेल बराबरीमा ल्याए । ७२ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई महत्वपुर्ण ३ अंक दिलाए ।

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी ४ मा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अक छ । सिटीको ५० अंक छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री