काठमाडौं । औषधी व्यवस्था ऐनको दुईवटा उपदफा खारेज गर्न माग गर्दै देशैभरका औषधी व्यवसायी आजदेखि आन्दोलित भएका छन् ।
व्यवसायीले औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ खारेजीको माग गर्दै आज देशैभरका औषधी पसल एक घण्टा बन्द गरेका छन् । औषधी व्यवसायीहरु आइतबार बिहान ११ बजेदेखि एकघण्टा देशैभरका औषधी पसल बन्द गर्दै औषधी व्यवस्था विभागमा धर्ना दिएका छन्।
देशैभरका सबै आयात, थोक र खुद्रा व्यवसायीहरुले विभागको केन्द्रीय, शाखा तथा सम्बन्धित निकायमा धर्ना दिइरहेको औषधी व्यवसायी संघले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया



