भोली देशभरका औषधि पसल (फार्मेसी) थोक र आयात बन्द हुने

काठमाडाै । भोली देशभरका औषधि पसल (फार्मेसी) थोक र आयात बन्द हुने भएका छन् । भाेली आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा बन्द रहने वताइएकाे छ । औषधि ऐन २०३५ का केही दफा संसोधन गर्नुपर्ने मागसहित आन्दोलनरत औषधि व्यवसायीले दबाबस्वरुप फार्मेसीहरु बन्द गर्ने भएका हुन् । आन्दोलनरत औषधि व्यवसायी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीबिच यसअघि वार्ता भएकाे थियाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री