बिराटनगर–इटहरी मोनोरेल : ३० अर्ब लगानी जुट्यो 

काठमाडौं । बिराटनगर–इटहरी मोनोरेल निर्माणका लागि ३० अर्ब लगानी जुटेको कम्पनीले जनाएको । बिराट मोनोरेल इन्टरनेशनलका प्रबन्ध निर्देशक काजीमान आत्रेयले मोनोरेल निर्माणका लागि नव नियुक्त उपाध्यक्ष अजय कुमार सत्यालको नेतृत्वमा जापानी र भारतीय लगानी भित्रिन लागेको बताए ।

उनका अनुसार मोनोरेलमा विदेशी लगानी भित्र्याउने सम्बन्धमा प्रारम्भिक चरणको समझदारी पत्रमा हस्ताक्षर समेत भैसकेको छ । कम्पनीले जापानी प्रबिधीको मोनोरेलको निर्माण गर्नेछ । कम्पनीमा नव नियुक्त उपाध्यक्ष सत्यालले ७० प्रतिशत विदेशी लगानी ३० प्रतिशत स्वदेशी लगानीमा आगामी ३ बर्षभित्रै मोनोरेलको निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको बताए ।

बिराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । कम्पनीका अध्यक्ष अशोक मेहतोका अनुसार मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गाधिकार भित्र पर्ने स्थानीय तहरुहरुले समेत लगानीका लागि इच्छा देखाएका छन् ।

कम्पनीका अनुसार आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ हुने छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० बर्षभित्र लगानी उठाई सक्नेछ अनुमान गरिएको छ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका रमेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले दावी गरे ।

सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमताको हुने छ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने तयारी भउको आत्रेयले बताए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले तिव्रता पाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री