काठमाडौं । नेपालकै सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ ECAN मल्टिडेस्टिनेशन एजुकेशन फेयर २०२५’ ८ डिसेम्बर २०२५ मा नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजना हुने भएकाे छ । याे प्रदर्शनीले नेपाल, भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप लगायतका देशका सयौँ विश्वविद्यालय र कलेजहरूलाई एकै स्थानमा ल्याउने इक्यानले वताएकाे छ ।
ECAN ले आयाेजना गर्ने यस मेलाले देश–विदेशमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक हजारौँ विद्यार्थीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । छात्रवृत्ति स्थलमै भर्ना प्रक्रिया, पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शनका साथै पढाइपछि रोजगारी अवसर र ग्लोबल माइग्रेशन मार्गबारे विस्तृत जानकारी उपलब्ध गराइने संस्थाले वताएकाे छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशसहित सञ्चालन हुने साे मेलामा अन्तरक्रियात्मक सत्र, स्पट असेस्मेन्ट तथा विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष संवादको अवसर हुने छ । जसले विद्यार्थी, अभिभावक र शिक्षामा रुची राख्नेहरूका लागि विविध शैक्षिक तथा करियर विकल्प अन्वेषण गर्ने स्थलका रूपमा परिचय बनाउने छ। आयोजकहरूले यसलाई “वर्षको सबैभन्दा ठूलो शैक्षिक उत्सव” भनेर विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य आफैँ छनाेट गर्न प्रेरित गर्नेछ ।




