जेरोनाद्वारा पाँच नयाँ सौन्दर्य उत्पादन सार्वजनिक

काठमाडौं । जेरोना वेलनेस प्रा.लि.ले सौन्दर्य तथा छाला–सुरक्षालाई लक्षित गर्दै पाँच नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ । गएकाे जेठ महिनामा नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले हाइड्रा टोनर,एक्सफोली फेसवास,सनसेड टिन्टेड,मोइस्चराइजर र राइस वाटर सेरम गरी पाँच नयाँ उत्पादन थप गरेको छ।

उक्त कम्पनीका अनुसार हाइड्रा टोनर फेसवाशपछि प्रयोग हुने टोनर हो भने एक्सफोली फेसवासले पिम्पल कन्ट्रोल,खटिरा र दाग हटाउन मद्दत गर्छ। सनसेड टिन्टेडमा सनब्लक र फाउण्डेशनको मिश्रण रहेको हुँदा प्रयोगकर्तालाई छुट्टै दुवै उत्पादन लगाउनुपर्ने झन्झट हट्नेछ । जेरोनाले नयाँ मोइस्चराइजिङ क्रिम र स्किन–लाइटिङमा मद्दत गर्ने राइस वाटर सेरम पनि बजारमा ल्याएको छ । यी पाँचै उत्पादन डिलरमार्फत बजार पठाउन थालिएको कम्पनीले उल्लेख गरेकाे छ । नेपालभरका सौन्दर्य स्टोर तथा बजारमा यी उत्पादन महिला र पुरुष दुवैका लागि उपलब्ध हुनेछन् ।

कम्पनीका सञ्चालक दुर्गाराज श्रेष्ठका अनुसार सबै प्रोडक्ट नजिकैका सौन्दर्य सामग्री बिक्री केन्द्रमा सजिलै पाइनेछन् । जेरोना नेपाली कम्पनी भएपनि उत्पादनहरू भारतको गुजरातमा उच्च प्रविधिबाट तयार पारेर नेपाल ल्याइने गरिन्छ । यसअघि कम्पनीले १० उत्पादनहरु : सनसेड सनस्क्रिन,एचवाई सेरम,हाइड्रा मोइस्चराइजिङ लोशन,वाश सी भिटामिन–सी फेसवाश,ईभ ग्रुम नाइट क्रिम,सनशेड एसपीएफ ५० जेल,सेरोमिन–सी फेस सेरम,हाइड्रा सफ्ट क्लिन्जर,वाश ग्लो फेसवाश र ग्रुम डे क्रिम—बजारमा ल्याइसकेको थियो । जेरेनाले बजारमा आफ्नाे बेग्लै छाप छाेड्न सफल भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री