काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन्। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक समेत रहेर काम गर्दै आएका अर्याललाई कम्पनीको नेतृत्व जिम्मेवारी दिइएको हो।
कम्पनीको सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले अर्याललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथ समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी सहित प्राधिकरण तथा कम्पनीका अन्य पदाधिकारीको उपस्थिति थियो।
तपाईंको प्रतिकृया




