काठमाडौं । सुपर मादि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै सो बैठकले पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
तपाईंको प्रतिकृया




