सगरमाथा चढेको झुठो दाबी गर्ने दम्पत्ती भारतीय प्रहरीबाट बर्खास्त

सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। गतवर्ष आफूले सगरमाथा चढेको बताएका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो।

आफूहरु सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको दाबी गरेका थिए। तर देखाएको आरोहणको तस्वीर नै नक्कली भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्। महाराष्ट्र प्रहरीले सो दम्पत्तीले गलत सूचना दिएर प्रहरीको प्रतिष्ठ गिराउने काम गरेको बताउँदै उनीहरुलाई बर्खास्त गरेको हो।

उनीहरुले आरोहणको समयमा लगाएको कपडा र फोटो तथा आरोहणको समयबीच तालमेल नमिलेपछि उनीहरु शंकाको घेरामा परेका थिए। केही आरोहीले उनीहरुको दाबी झुठो भएको बताएका थिए। नेपालले उनीहरुको दाबी झुठो भएको भन्दै उनीहरुलाई आरोहणका लागि १० वर्षे प्रतिबन्ध लगाइसकेको छ।

बिबिसी ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds