दुर्गा प्रसाईँले आयोगमा दर्ता गरे ‘नागरिक बचाऊ दल’

काठमाडौँ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको म्यादको अन्तिम दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल दर्ता गराएका छन्।

‘नागरिक बचाऊ महाअभियान’ नाममा राजतन्त्रको समर्थन गर्दै आएका प्रसाईँले माधव कल्पितलाई अध्यक्ष बनाएर ‘नागरिक बचाऊ दल’ दर्ता गराएका हुन् । दर्ता नम्बर ६३० रहेको यस दललाई प्रमाणपत्र वितरण गर्नुअघि आयोगले आज हस्ताक्षर पुष्टि (सनाखत) प्रक्रिया गराइरहेको छ।

निर्वाचन आयोगमा कल्पितसहित करिब दुई दर्जन व्यक्तिहरू सनाखतका लागि पुगेका छन् । आयोगले तोकेको कात्तिक मसान्तसम्मको दल दर्ता समय सीमा आज अन्तिम दिन हो । यस अवधिमा धेरै नयाँ दलहरूले दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि भने आयोगले भोलिदेखि मङ्सिर १० गतेसम्म दल दर्ता खुला रहने जानकारी गराएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री