आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्यमा प्रति तोला ६ हजार ९ सय रुपैयाँले कमी आएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।

आज छापावाला सुन प्रति तोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रति तोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६८८ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री