काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ ।
दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा राखिएको छ ।
रावललाई नेकपामा छैटौं वरियता दिने सहमति भएको छ । उनी नारायणकाजी श्रेष्ठपछिको वरीयतामा रहने छन् ।
रावलसँगै आज पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो वरियतामा माधवकुमार नेपाल छन्।
त्यसैगरि तेस्रो वरीयतामा झलनाथ खनाल, चौंथोमा वामदेव गौतम र पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्य अहिले ५ जना नेपाली कम्युनिस्ट पार्टीमै छन्।




