निर्वाचन आयोगमा दल दर्ताको ओइरो : १२५ पुग्यो संख्या, दर्जनौं पाइपलाइनमा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने होडबाजी चलेको छ । पुरानादेखि नयाँ पुस्तासम्मका नेताहरू आफ्ना दल लिएर चुनावी मैदानमा होमिन तयारी गरिरहँदा आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको हो । 

गत आर्थिक वर्षदेखि जेन-जी आन्दोलनसम्मका १७ वटा दल दर्ताका निवेदनहरू आयोगमा विचाराधीन अवस्थामा छन् । यसै क्रममा निर्वाचन घोषणा भएपछि मात्र ३ वटा नयाँ दलले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् । धरान उपमहानगरपालिकाका लोकप्रिय प्रमुख हर्कराज राईको नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ ले दर्ता प्रमाणपत्र पाएसँगै राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजित भई ‘राष्ट्रिय जनमुक्ति पार्टी’ र जनमत पार्टीबाट छुट्टिएर ‘जनस्वराज पार्टी’ ले पनि आयोगबाट मान्यता पाएका छन् ।

जेन-जी आन्दोलनपछि दल दर्ताका लागि परेका १० निवेदनमध्ये राई नेतृत्वको पार्टीले प्रमाणपत्र पाएको हो भने एक पार्टीले निवेदन फिर्ता लिएको छ । बाँकी ८ वटा निवेदनमाथि आयोगले आवश्यक छानबिन गरिरहेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निवेदन दिए पनि पछि प्रक्रिया अगाडि नबढाउन आग्रह गरेपछि आयोगले त्यसलाई स्थगन गरेको छ ।

पाइपलाइनमा दलहरू
आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार हाल नयाँ दल दर्ताका लागि आएका ८ निवेदनको अध्ययन र आवश्यक कागजात मगाउने कार्य तीव्र रूपमा भइरहेको छ । केही दिनभित्रै थप दलहरू दर्ता हुने क्रममा रहेको उनले जानकारी दिए । पाइपलाइनमा रहेका केही प्रमुख दलहरू :-

  • नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा ‘कम्युनिस्ट पार्टी नेपाल’

  • बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतको पहलमा दिनेशराज प्रसाईं अध्यक्ष रहने गरी ‘गतिशील लोकतान्त्रिक पार्टी’

  • गोपीलाल न्यौपानेको नेतृत्वमा ‘नेपाल लिभर पार्टी’

  • अजयकुमार राईको ‘राष्ट्रिय परिवर्तन पार्टी’

  • हीराप्रसाद सेतीको ‘राष्ट्रिय जेन-जी पार्टी’

  • रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ (नागरिक उन्मुक्ति पार्टीको विवाद नसुल्झिएपछि उनले नयाँ दल दर्ता प्रक्रिया थालेका हुन्)

  • जनमोर्चाका पुराना नेता तथा पूर्वराजदूत नवराज सुवेदीको ‘नवयुग पार्टी’

  • ज्ञानबहादुर तामाङको ‘उज्यालो नेपाल पार्टी’ (साउनमा निवेदन दिएका)

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दल दर्ताका लागि आएका निवेदनमाथि आयोगले द्रुतगतिमा काम गरिरहेको बताए । ‘एउटा दलले प्रमाणपत्र पाइसकेको छ । निवेदन आएकाको नपुगेका कागजात मागिएको छ । आइसकेका कागजातको अध्ययन भइरहेको छ,’ उनले भने, ‘अब समय कम छ । आगामी निर्वाचनमा भाग लिन्छु भन्ने चाहना राख्नेले छिट्टो दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ ।’

आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने कार्यतालिका प्रकाशन गरिसकेको छ । यसअनुसार, प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलहरूले १ देखि १० मंसिरसम्म दल दर्ता गर्नुपर्नेछ । प्रवक्ता भट्टराईका अनुसार त्यसका लागि ३० कात्तिकभित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सूची (हालसम्म):-

१. नेपाल मजदुर किसान पार्टी
२. नेपाल कम्युनिस्ट पार्टी (माले)
३. गान्धीवादी पार्टी नेपाल
४. नागरिक शक्ति, नेपाल
५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी
६. चुरेभावर लोकतान्त्रिक पार्टी
७. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
८. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
९. नेपाल समावेशी पार्टी
१०. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
११. नेपाली ग्रिन्स पार्टी
१२. नेपाल जनता पार्टी
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. नेपाल परिवार दल
१५. मधेश तराई फोरम
१६. आधुनिक नेपाल समाजवादी पार्टी
१७. नेपाल नौलो जनवादी पार्टी
१८. जनसेवा लोकतान्त्तिक पार्टी
१९. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
२०. नेपाल राष्ट्रवादी पार्टी
२१. नेपाल कम्युनिस्ट पार्टी
२२. मधेशी जनअधिकार फोरम मधेश
२३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
२६. नेपाली कांग्रेस
२७. राष्ट्रिय जनमोर्चा
२८. शिवसेना नेपाल
२९. बहुजन शक्ति पार्टी
३०. नेपाल मानवतावादी पार्टी
३१. खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
३२. संघीय नेपाल पार्टी
३३. नेपाल समाजवादी कांग्रेस
३४. नेपाल जनता संरक्षण पार्टी
३५. बहुजन समाज पार्टी नेपाल
३६. जन–राष्ट्रवादी पार्टी नेपाल
३७. समाजवादी पार्टी नेपाल
३८. नेपाल जनता दल
३९. राष्ट्रवादी एकता पार्टी
४०. जनप्रिय लोकतान्त्तिक पार्टी
४१. लोक दल
४२. देशभक्त समाज
४३. मितेरी पार्टी नेपाल
४४. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
४५. संघीय विकासवादी पार्टी नेपाल
४६. राष्ट्रिय विकास पार्टी
४७. नेपाः राष्ट्रिय पार्टी
४८. राष्ट्रिय एकता मञ्च
४९. जनजागरण पार्टी नेपाल
५०. नेपालवाद
५१. विकासशील जनता पार्टी
५२. राष्ट्रिय नागरिक पार्टी
५३. नेपाल जनमुक्ति पार्टी
५४. जनसमाजवादी पार्टी, नेपाल
५५. त्रिमुल नेपाल
५६. राष्ट्रवादी युवा मोर्चा
५७. समाजवादी पार्टी (लोहियावादी)
५८. इतिहासिक जनता पार्टी
५९. आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल
६०. जन प्रजातान्त्तिक पार्टी, नेपाल
६१. मंगोल नेसनल अर्गनाइजेसन
६२. नेपाल संघीय समाजवादी पार्टी
६३. आम आदमी पार्टी नेपाल
६४. राष्ट्रिय समाजवादी पार्टी नेपाल
६५. नेपालका लागि नेपाली पार्टी
६६. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
६७. नेपाली कांग्रेस (बीपी)
६८. विवेकशील साझा पार्टी
६९. सामाजिक लोकतान्त्रिक पार्टी
७०. प्रजातान्त्रिक पार्टी नेपाल
७१. नेपाल मातृभूमि पार्टी
७२. नेपाल लोकतान्त्रिक पार्टी
७३. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
७४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
७५. जनमत पार्टी
७६. मौलिक जरोकिलो पार्टी
७७. माओवादी कम्युनिस्ट पार्टी, नेपाल
७८. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७९. नेपाल सद्भावना पार्टी
८०. राष्ट्रिय साझा पार्टी
८१. माओवादी जनमुक्ति पार्टी नेपाल
८२. जनता समाजवादी पार्टी, नेपाल
८३. जनताको जनवादी पार्टी, नेपाल
८४. सचेत नेपाली पार्टी
८५. नेश्नलिस्ट पिपल्स पार्टी
८६. नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक)
८७. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
८८. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
८९. लोकतान्त्तिक समाजवादी पार्टी
९०. बहुजन एकता पार्टी नेपाल
९१. समाजवादी केन्द्र, नेपाल
९२. नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)
९३. राष्ट्रिय सद्भावना पार्टी
९४. उन्नत लोकतन्त्र पार्टी
९५. राष्ट्रिय जनता पार्टी नेपाल
९६. नेपाल विवेकशील पार्टी
९७. तराई–मधेश लोकतान्त्रिक पार्टी
९८. नेपाल जनएकता पार्टी
९९. आम जनता पार्टी
१००. जनता प्रगतिशील पार्टी, नेपाल
१०१. संयुक्त नागरिक पार्टी
१०२. नागरिक उन्मुक्ति पार्टी
१०३. नेपाल समाजवादी पार्टी (नयाा शक्ति)
१०४. साझा पार्टी, नेपाल
१०५. नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)
१०६. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
१०७. देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल
१०८. राष्ट्रिय स्वतन्त्र पार्टी
१०९. हाम्रो नेपाली पार्टी
११०. पुनर्जागरण पार्टी, नेपाल
१११. नेकपा एकता राष्ट्रिय अभियान
११२. समावेशी समाजवादी पार्टी नेपाल
११३. जय जन्मभूमि पार्टी नेपाल
११४. राष्ट्रवादी केन्द्र नेपाल
११५. राष्ट्रिय समता पार्टी नेपाल
११६. प्रगतिशील समाजवादी पार्टी
११७. नेशनल रिपब्लिक नेपाल
११८. राष्ट्रिय मातृभूमि पार्टी
११९. जनता समाजवादी पार्टी
१२०. परिवर्तन पार्टी
१२१. नेपाल जनजागृति पार्टी
१२२. राष्ट्रिय मुक्ति पार्टी नेपाल
१२३. राष्ट्रिय जनमुक्ति पार्टी
१२४. जनस्वराज पार्टी
१२५. श्रम संस्कृति पार्टी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री