काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिकोत्सवमा एक महिनासम्म सामाजिक उत्तरदायित्व कार्यक्रम पूरा गरेको छ । बैंकले देशव्यापी कार्यक्रमअन्र्तगत वीरगन्ज, विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, नारायणगढ, हेटौंडा, मणिग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढी, घोराही र दमक शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
त्यसैगगरी धादिङबेसी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, बिजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाह्रबीसे, लेखनाथ, बेसीसहर,गौंडा, याङवरक, माइजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर र आदर्श शाखाबाट सरकारी विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका जेहेन्दार विद्यार्थीलाई जनही ५ हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।
त्यसबाहेक बैंकले पशुपति क्षेत्रमा ३ सयवटा वृक्षारोपण गरी पाँच वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी लिएको छ भने कमलादी शाखामा रक्तदान कार्यक्रम गरेको थियो । सामाजिक काममा थोरै नै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए ।




