जेनजी आन्दोलनमा लुटिएको पेस्तोलसहित पाँच जना पक्राउ

काठमाडौं । गत साता काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको पेस्तोल खरिद बिक्रीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिकाका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारत सितामढीका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्य र काठमाडौं नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मल्ल हतियार खरिद गर्ने मुख्य व्यक्ति हुन्।

प्रारम्भिक अनुसन्धानबाट आन्दोलनको भीडभाडको फाइदा उठाउँदै सुरक्षाकर्मीबाट पेस्तोल लुटिएको र त्यसलाई आपराधिक समूहमा बिक्री गर्ने प्रयास भएको खुलेको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यो घटनाले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी गरिने आपराधिक गतिविधिप्रति गम्भीर प्रश्न उठाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री