आठौं वार्षिकोत्सवको अवसरमा सिभिल बैंकद्वारा छात्रवृत्ति प्रदान

काठमाडाैँ । सिभिल बैंकले आठौं वार्षिकोत्सवको अवसर पारेर सरकारी विद्यालयमा अध्ययनरत गरिब जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ।

त्यस्तै बैंकले वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढी, घोराही, दमक शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० बिरुवा रोपी संरक्षण गर्ने जिम्मा लिएको छ। बैंकले ति विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने छ।

समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए।

चालु आर्थिक वर्षको प्रथम चौमासमा ६३ प्रतिशत नाफा बढाएको बैंकको कुल शाखा संख्या ७१ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री