ग्लोबल आइएमई बैंकको नयाँ शाखा नवलपरासीकाे गैंडाकोटमा

काठमाडौं । ग्लोबल आइएमई बैंकल नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । प्रदेश सांसद कृष्णचन्द्र नेपालीले औपचारिक समुद्घाटन गरेका छन् । शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गर्ने बताएका छन् ।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताएका छन् । कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

१२ वर्ष अघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पुर्यारउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्स टेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री