काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पाको तानसेन र पूर्वखोला शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । पाल्पा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुर्याउने वताए ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सवै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।




